सुनकाे मूल्य घट्याे, कति पुग्याे ?

लोकपाटी न्यूज

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। हिजो आइतबारको तुलनामा आज सुन प्रतितोला २ सय रुपैयाँले घटेको छ।

आज छापावाला सुनको मूल्य तोलाको ९४ हजार ४ सय रुपैयाँ, तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ। चाँदी तोलाको ५ रुपैयाँले बढेको महासंघले जनाएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९० हजार ६ सय रुपैयाँ, तेजावी ९० हजार १५० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्