चित्रबहादुरले ओलीलाई सुनाए मूर्ख किसानकाे कथा

chitra-bahadur kc
लोकपाटी न्यूज

काठमाडौँ। नेपाल सरकारका कामचलाउ प्रधानमन्त्रीको चरित्र चित्रण गर्दै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी ले मूर्ख किसानको कथा सुनाएका छन्। एक मिडियामा अन्तर्वार्ता दिँदै उनले कथा सुनाएका हुन। ओलीले पाटीको पद्धतिमा बसे अल्पमतमा पर्ने र पार्टी पद्धति नमान्ने स्वभावरले नै संसद् विघटन भएको उनले बताएका छन्। बैठकमा बसे अल्पमतमा परिन्छ, सत्ता र शक्तिमा बसेपछि जे गर्दा पनि हुन्छ’ भन्ने ओलीलाई लागेको उनको ठहर छ।

उनले कुनै हालतमा चुनाव नहुने पनि बताए। चुनाव गर्नु प्रतिगमन कि विरोध गर्ने प्रतिगमन भन्ने प्रश्नको उत्तर दिँदै उनले भने, ‘चुनाव कहाँबाट हुन्छ ? चुनाव गर्नको लागी घोषणा गरिएकै हैन नि ! घोषणा त ज्ञानेन्द्रले पनि गरेका थिए नि ! याे चुनाव गर्नका लागी घोषणा गरिएकै हैन ! चुनावमा कुनै पाटीले भाग लिए पनि त्यो अनौठो मान्न नहुने उनले बताए।

अहिलेकाे सरकारकाे प्रवुतिसँग मिल्दाे भन्दै एक कथा सुनाउदै उनले थपे, ‘केही किसानहरू माछा मार्न भनेर गएछन्, माछा मार्न जाँदा मृगलाई पासो पनि थापेछन, खोला गएर माछा मारे मस्त, ल्याए माछा ! आउँदा खेरी मृग पासोमा परेको देखेछन्।

के गरेछन भने माछा भन्दा मृगको मासु मिठो हुन्छ भनेर त्यी मारेका माछा खोलामा फ्याँकेछन्। फर्केर आएर मृग  फुत्को  भने खाेज्न सजिलो हुन्छ भनेर मृगको घाँटीमा घण्टी बाध्देछन। त्यो भाग्यो भने सजिलो हुन्छ, जहाँ जहाँ जान्छ, त्यहाँ गएर मृग छोप्ने भनेर। यस्साे पासो फुकाउने बेला मृग भागिहाल्यो। भाग्यो,  अनि सिकारीहरूले दौडिया छन्, खोज्या छन्। मृगले घण्टी बजाउँदै भाग्या छ, अनि त्यी मूर्ख किसानहरूले के भन्थे रे भने, ‘ए हरिण !, तेरो जिउ त सहजै लगिस्, त्यो राजाकाे केर्लिङ(घण्टी) दे !’ भनेर मृगलाई सुनाएका रे ! ठिक त्यस्तै, अब चुनावमा जाने क्रान्तिकारी हो, अब यस्तो तर्क गरेर हुन्छ ? भएको दुईतिहाई आफ्नै संसद चाहिँ खतम पारेर, आफ्नो पार्टी लथालिङ्ग पारेर फुटाएर, विदेशी शक्ति केन्द्रसंग मिलेर, अनि पशुपतिनाथमा  पूजा गरेर देश कहि सही बाटोमा हिड्छ ?’

अहिलेको कुशासन र प्रतिगमन प्रति मिल्ने मुद्दामा मिलेर सबै दलहरू सयुक्त आन्दोलनमा जानुपर्ने पनि बताएका छन्।