कहाँकहाँ पर्‍यो आज हिउँ

लोकपाटी न्यूज

काठमाडौं। काठमाडौंमा आज सामान्य वर्षा भएको छ। चन्द्रागिरी लगायतका वरपरका केही डाँडामा सामान्य हिमपात पनि भएको छ।

पश्चिम नेपालका केही भू–भागमा हल्का वर्षा भएको छ भने उच्च पहाडी क्षेत्रमा हल्का र हिमाली क्षेत्रमा भारी हिमपात भएको छ। रसुवाको उत्तरी क्षेत्रमा भारी हिमपातका कारण जनजीवन कष्टकर बनेको छ।

सुदुरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा हिजोबाटै वर्षासँगै हिमपाँत हुँदा जनजीवन प्रभावित भएको छ। कर्णाली प्रदेशका पनि पहाडी र हिमाली भेगमा वर्षासँगै हिमपात भएको छ।

गण्डकी प्रदेशका पहाडी भेगमा पनि वर्षा भएको र हिमाली क्षेत्रमा केही दिनदेखि नै हिमपात भइरहेको छ। यस्तै प्रदेश १ र २ का अधिकांश भेगमा वर्षा भएको छ। लामो समयपछि भएको वर्षाले किसानलाई राहत मिलेको छ भने गरिब र विपन्न परिवार चिसोले प्रभावित भएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्