कर्णाली प्रदेशका मूख्यमन्त्रीको आमहड्तालमा ऐक्यबद्धदा

Mahendra shahi
लोकपाटी न्यूज

विरेन्द्रनगर। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव नेपाल समूहको आमहड्तालमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले ऐक्यबद्धदा जनाएका छन्। असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको सपथग्रहणका विरुद्ध आव्हान गरिएको आमहड्तालप्रति उनले ऐक्यबद्धता जनाएका हुन्।

प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर नेकपाका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री शाहीले ऐक्यबद्धता जनाएका हुन्।मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी पनि सडकमा उत्रेका हुन्।

सुर्खेतको स्थानीय मंगलगढी चौकमा पत्रकारसंग प्रतिक्रिया दिदै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमका विरुद्ध सडकमा आउन बाध्य भएको बताए।

असंवैधानिक रुपमा प्रतिनिधि सभाको विगठन र संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिको विरुद्ध सडक संघर्षमा उत्रनु परेको शाहीको भनाइ छ। सञ्चारर्मीहरुसँग कुराकानी गर्दै मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध सडकमा आउनु परेको प्रतिक्रिया दिएका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्