काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले सस्तो भएको छ। अघिल्लो दिन ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९१ हजार रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघले आजकालागि तेजावी सुनको प्रतितेला मूल्य ९० हजार ६ सय रुपैयाँ कायम भएको छ। यस्तै चाँदीको मूल्य आज पनि ओरोलो लागेको छ । मंगलबार १३२० रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको भाउ बिहीबारकालागि १३०० सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ



लोकपाटी न्यूज
