प्रधानन्यायाधीशको प्रश्न ‘भोलि आउन सकिने अवस्था छ कि छैन ?’

Cholendra Samser jabara
लोकपाटी न्यूज

काठमाडौं । बिहीबार सर्वोच्च अदालतमा संसद विघटनसम्बन्धी मुद्दामा सुनुवाइ हुने भएको छ । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले आम हड्ताल घोषणा गरेको सुन्नमा आएको भन्दै प्रधानन्यायाधीशले मुद्दाका पक्षलाई भोलि आउन सक्नुहुन्छ भनी सोधे ।

बुधबारको इजलासको अन्त्यमा उनले नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयलाई सोधे ‘भोलि आम हड्ताल भन्ने कुरा आयो, आउन सकिने अवस्था छ कि छैन ?’ पाण्डेयले आफूहरु आउन सक्ने बताए।

त्यसपछि प्रधानन्यायाधीश जबराले भने ‘हामी त यहाँ आइहाल्छौं, तपाईहरु त आइहाल्नुहुन्छ, त्यसमा केही व्यवस्था गर्नुपर्ने छ र ?’

मुद्दाका पक्षहरु अदालत आउने बताएपछि जबराले भोलि पनि संसद विघटनको मुद्दामा बहस हुने भएको छ। नायब महान्यायाधिवक्ता पाण्डेयको बहस नसकिएकाले बिहीबार पनि उनले नै बहस गर्नेछन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्