बादशाहलाई घोडाबाट पछारेर आएका हौं, प्रतिगामीलाई परास्त गरिछोड्छौ : डा. भट्टराई

Baburam-Bhattarai
लोकपाटी न्यूज

चितवन। पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रतिक्रान्तिलाई परास्त गर्न खरो रुपमा उत्रिने बताएका छन् । आज भरतपुरमा सञ्चारकर्मीसंँग कुरा गर्दै उनले भने, “विघटित संसद पुनरवहाली गर्ने सर्वोच्च अदालतको काम हो, यदि भएन भने नागरिकले सशक्त आन्दोलन गर्नेछन्।”

भोलि हुने देशव्यापी आमहडतालको समर्थन गर्दै उनले भने, “आन्दोलनका विविध रुप हुन्छन्। जुनसुकै आन्दोलनको हामीबाट स्वागत हुन्छ।” जुनसुकै पार्टीले आन्दोलन गरे पनि सयुक्त रुपमा आन्दोलन गर्दा प्रतिक्रान्तिलाई सजिलै परास्त गर्न सकिने उनको भनाइ छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तको नियुक्ती र माओवादी शिविर घोटाला सम्बन्धी विषयमा सञ्चारकर्मीको जिज्ञासामा भट्टराईले भने, “बादशाहलाई घोडाबाट पछारेर आएका मान्छे हामी हौं। गुच्चा खेलेर आएका मान्छे होइनौं। बाबुराम भट्टराई जिउंँदै छ। ऊ छउञ्जेल प्रतिगामीविरुद्ध लडेर छोड्छ प्रतिगामीलाई परास्त गरेरै छोड्छ।”