जगदम्बाको नयाँ अफर : किस्तामा बाइक र स्कुटर लिनुहोस्

tvs-apache-rtr-160-4v
लोकपाटी न्यूज

काठमाडौं। टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले सबैभन्दा सस्तो बाइक मासिक ७ हजार ४४४ रुपैयाँ किस्तामै अपाचे सिरिजका बाइक किन्न सकिने गरी नयाँ स्किम ल्याएको छ। मूल्य अनुसार बाइकको किस्ता रकम भने फरक हुन सक्ने छ।

टीभीएसका अपाचे सिरिजका यी बाइकको मूल्य २ लाख ५१ हजार ९ सय देखि ७ लाख ९९ हजार ९ सय रुपैयाँसम्म छ। अपाचे सिरिजको सबैभन्दा सस्तो बाइक अपाचे १५० टुभी हो। त्यसैगरी सबैभन्दा महंगो बाइक अपाचे आरआर ३१० हो। यी दुई सस्ता र महंगा अपाचे सिरिजको बीचमा अन्य धेरै मोडलका बाइक उपलब्ध छन्।

अपाचे १६० टु भी विभिन्न दुई भेरिएन्टमा नेपाली बजारमा उपलब्ध छ। यसको मूल्य २ लाख ६६ हजार ९ सय र २ लाख ७० हजार ९ सय रुपैयाँसम्म छ। त्यसैगरी अपाचे १६० फोर भी विभिन्न पाँच भेरिएन्टमा उपलब्ध छ। यी बाइकको मूल्य २ लाख ७२ हजार ९ सय रुपैयाँदेखि ३ लाख १३ हजार ९ सय रुपैयाँसम्म छ । अपाचे १८० टुभी एउटा मात्रै भेरिएन्टमा उपलब्ध छ र यसको मूल्य २ लाख ७९ हजार ९ सय रुपैयाँ छ । त्यसैगरी २०० फोरभी दुई भेरिएन्टमा उपलब्ध छ।

एबीएस सहितको २०० फोरभीको मूल्य ३ लाख ५० हजार ९ सय र रेगुलर मोडलको मूल्य ३ लाख २४ हजार ९ सय रुपैयाँ छ। यी बाइक किन्दा शुरुमा ५० प्रतिशत रकम डाउन पेमेन्ट बुझाउनु पर्ने र बाँकी रकम १८ महिना सम्म किस्ताबन्दीमा बुझाउन सकिन्छ। सो अवधिमा कुनै पनि ब्याज नलाग्ने अर्थात शून्य प्रतिशत ब्याजको स्किम कम्पनीले उपलब्ध गराएको बताएको छ ।