परिषद बैठकमा राणाकाे अनुपस्थिति ओलीका लागि ठूलो धक्का

KP_Oli
लोकपाटी न्यूज

प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणा नगएपछि सँसदीय सुनुवाइ छलेर मङ्गसिर ३० गते भागबन्डामा गरिएको ३८ पदको नियुक्ति कार्यान्वयनका निम्ति आज बोलाइएको संवैधानिक परिषद् बैठक बस्न सकेन। यसअघिको परिषद् बैठकले गरेको नियुक्ति कार्यान्वयन नगर्न अधिवक्ता दिनेश त्रिपाठीले रिट दर्ता गर्नुभएको बुझिएको छ। रिट निवेदन दर्ताको प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले अपरान्ह बताएको थियो ।

अदालतमा महान्यायाधिवक्ताले सरकारको तर्फबाट बहस गर्ने क्रममा इजलासबाट सोधनी भएका प्रश्नहरूको सोझो जवाफ दिन नसकेको टड्कारो अवस्था देखिएको सन्दर्भमा उत्पन्न पछिल्लो घटनालाई सबैले चासोपूर्वक हेरिरहेका छन्। कानुनविद्हरू भन्छन् ‘संसद विघटनको प्रतिरक्षामा उपस्थित हुन मुद्दाका विपक्षीहरूलाई कानुनी र संवैधानिक अप्ठेराहरू छन्।’

अध्यादेश ल्याएर अनेक तिकडम गर्दै गर्न खोज्नुभएको संवैधानिक नियुुक्तिमा देखिएको पछिल्लो अवरोध प्रधानमन्त्रीको निम्ति नसोचेको सेट ब्याक भएको बताइन्छ। अदालतमा सरकार विपक्षी रहेको मुद्दा विचाराधीन रहेको भन्दै प्रधानन्यायाधीश राणा आगामी बैठकहरूमा उपस्थित नहुने स्रोतको दाबी छ। उहाँले शुरुको बैठकमा भाग लिएर प्रधानमन्त्रीको मन राखिदिनुभयो, अहिले बहिष्कार गरेर कानूनको कदर गर्दै हुनुहुन्छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्