काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपाल पनि पार्टीले जारी राखेको धर्नामा सहभागी हुने भएका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा नेकपाको जारी धर्ना कार्यक्रम जारी छ।
उक्त धर्नामा आइतबार नेकपाका अध्यक्ष द्वय प्रचण्ड र नेपाल पनि सहभागी हुने भएका हुन्। नेकपा केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार अध्यक्षद्वय आइतबार दिउँसो १२ बजे धर्नामा सहभागी हुने कार्यक्रम तय भएको छ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक घोषणा खारेजीको मागसहित माइतीघरमा जारी धर्नामा आज १२ बजे नेकपाका अध्यक्ष द्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुँदै हुनुहुन्छ।’



लोकपाटी न्यूज

