काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका बेला आफ्ना छोराछोरी पनि जंगलमै लगेर हिँडेको बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित सभामा बोल्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारलाई लिएर आफूलाई अपमानित गर्ने प्रयास गरेको भन्दै प्रचण्डले यस्तो जवाफ दिएका हुन्।
प्रधानमन्त्री ओलीले पछिल्लो समय प्रचण्डमाथि छोरी, बुहारी र ज्वाइँलाई मात्र हेरेको आरोप लगाउँदै आएका छन्।
सम्वोधनका क्रममा उनले भने, ‘मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ, आफैंसँग जंगलमा बन्दुक बोक्न लिएर हिडेँ। मेरो दोष हो ?’ उनले अघि भने, उनले भने, ‘मैले आफ्ना छोराछोरीलाई विशेषाधिकार खोजिन। जतिबेला हामी गणतन्त्रको लडाइँ लड्दै थियौं, मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिड्थेँ। के यो मेरो दोष हो ? छोराछोरी भएपछि बिहे हुन्छ, ज्वाइँ हुन्छन्, नाती नातिना हुन्छन्। मेरो दोष हो ?’



लोकपाटी न्यूज

