दाङ जिल्ला रेलको राजधानी बन्छ : शंकर पाेखरेल

shankhar pokharel
लोकपाटी न्यूज

घोराही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेश राजधानी देउखुरीमा रेल ल्याउने बताएका छन् । दाङको राप्ती गाउँपालिकामा स्थापना भएको लुम्बिनी प्रदेश पूर्वाधार कार्यालयको शुक्रबार उद्घाटन गर्दै पोखरेलले सो कुरा बताएका हुन्।

कार्यालयको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले प्रदेश राजधानी देउखुरीलाई रेलको राजधानीका रुपमा चिनाउने आफ्नो योजना भएको समेत बताए। उनले प्रदेश सरकारले व्यवसायिक क्षेत्रका लागि सबै जग्गामा मास्टर प्लान बनाउने बताए। यसले देउखुरी क्षेत्रको जग्गाको मूल्य सुन बराबर हुने बताए।

उनले देउखुरी प्रदेशको व्यवस्थित शहर बन्ने, राप्ती नदीमा सिग्नेचर पुल निर्माण हुने, रिफलेटेड हाइड्याम निर्माण हुने बताए। साथै उनले देउखुरीमा दोस्रो फेवातालको विकास गर्ने योजना बनाइएको समेत बताए। उनले पालिकाहरुलाई पूर्वाधार निर्माणकालागि धेरै खर्च नगर्न समेत अनुरोध गरे।

कार्यालयले प्रदेश स्थायी राजधानीको संरचना निर्माण गर्नेछ। संरचना निर्माण भएपछि मात्रै लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी सार्ने गरि प्रदेश सरकारले तयारी थालेको छ। अहिले अस्थायी राजधानी बुटवलबाटै राजधानीको काम भइरहेको छ।