सुनको मूल्यमा सामान्य गिरावट, कति पुग्यो मूल्य?

लोकपाटी न्यूज

काठमाडौं । बिहीवार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । स्थानिय बजारमा बिहीवार सुनको भाउ रू. १०० ले ओरालो लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार छापावाला सुन प्रतितोला  ९२ हजारमा कारोबार भएको छ। बुधवार छापावाला सुनको मूल्य प्रतितोला  ९२ हजार १०० मा कारोबार भएको थियो। बुधवारको तुलनामा बिहीवार छापावाला सुन प्रतितोला  १०० ले घटेको हो।

त्यसैगरी, तेजाबी सुन प्रतितोला  ९१ हजार ५०० मा कारोबार भएको छ। बुधवार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो ।

यस्तै, बिहीवार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। बुधवार प्रतितोला  एक हजार २५० मा कारोबार भएको चाँदी बिहीवार प्रतितोला रू. एक हजार २४५ खरीदविक्री भइरहेको छ। बुधवारको तुलनामा बिहीवार चाँदी  ५ ले घटेको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्