काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले चुनावमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिच सेटिङ भएको खुलासा गरेका छन्।
बुधबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै भट्टराईले यस्तो खुलासा हुन्।
उनले अब मुलुक निर्वाचनतर्फ अघि बढ्ने भन्दै निर्वाचन आयोगले निर्वाचनको तयारी थालिसकेको बताए। आजको दिनमा प्रधानमन्त्री ओली र प्रचण्डबीच सहकार्यको सम्भावना कमजोर रहेको उनले टिप्पणी गरे।
नेपालको आन्तरिक मामिलामा निर्णय गर्ने नेपालको शक्ति नै भएकोले बाहृय शक्तिको कुरा नगर्न उनले आग्रह गरे।
उनले नेपालको राजनीतिमा खासगरि आन्तरिक मामिलामा भारत र चीन वा कसैको पनि प्रभाव नरहेको भन्दै आफूहरु निर्णायक भएको दाबी गरे। वामदेव गौतमले थालेको एकता अभियानबारे टिप्पणी गर्दै उनले एकता हुने सम्भावना नभएको बताए।



लोकपाटी न्यूज

