काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अहिले विकासको लहर चलिरहेको बताएका छन्। कोभिड-१९ ले देश विकासको अभियानमा अघि बढ्न केही प्रतिकुलता थपे पनि प्रतिकुलतालाइ चिरेर अनुकूलतामा बदलेर अघि बढेको ओली बताए।
उनले भने, ‘देश अगाडि बढ्छ। देश अगाडि बढ्न बाट कसैले रोक्न सक्दैनँ।’ सोमबार दाङको देउखुरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको अंशः
अप्टिकल फाइबरहरू विच्छाएर देशभरि इन्टरनेट बनाउने काममा तीव्रताका साथ लागेका छौं। अब हाम्रा बालबालिकाहरू पाटीमा होइन ल्यापटपमा पढ्न थालेका छन्। पहिलो पटक बिरामी भएर सिंगापुर जाँदा मन्त्रीजीहरूसँग मैले आधुनिक प्रविधिको प्रयोग गरेर कुराकानी गरेको थिए। त्यसलाई केही मान्छेहरूले उडाए।
तर आज देशभरि कोभिड लाग्दा हामीले त्यो सुरु नगरेको भए, हामीले त्यो प्रविधि नेपालमा विकाश नगरेको भए, हाम्रो अवस्था के हुने रहेछ ? आज हामीहरू धेरै कन्फ्रेन्स जुमबाट गर्छौं। धेरै मिटिङहरू जुमबाट गर्छौं। अन्तर्राष्ट्रिय सेमिनारहरू जुमबाट गर्छौं। मैले यस पटक संयुक्त राष्ट्रमा जुमबाट सम्बोधन गरे। असंलग्न आन्दोलनको सम्बोधन यहीबाट जुमबाट गरे।
यस्तै विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू जुमबाट गरियो। हामी त्यसरी अगाडि बढिरहेका छौं। आजको विश्वमा विश्व भन्दा पछाडि नपरीकन।
धन्न त्यो ‘जुम’ भन्ने जिनीस पनि हाम्ले बाल्वाटारमै बसेर बनाकाहम भनेनन् यार😂😂 pic.twitter.com/umeBae5TG6
— दुर्गा पंगेनी (@dpangenee) January 25, 2021



लोकपाटी न्यूज

