काठमाडौं। भोलीदेखि नेपालमा कोरोना भाइरस कोभिड–१९ विरुद्धको खोप अभियान शुरु हुँदैछ। खोप लगाउनेको नामावली सरकारले तयार पारिसकेको छ। नेपालमा कूल जनसंख्याको ७२ प्रतिशतलाई खोप दिने सरकारको योजना छ।
१५ वर्ष मुनिका बालबालिकामा कोभिड–१९ विरुद्धको खोप परीक्षण नभएकाले उनीहरुलाई खोप दिइने छैन। वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार अस्थिर शारीरिक अवस्था भएका, मुटु रोगको औषधि प्रयोग गरिरहेका जटिल बिरामीले यो खोप लगाउन मिल्दैन। यस्तै अक्सिजन लिइरहेका बिरामीले पनि कोभिडविरुद्धको खोप लिन मिल्दैन।
गर्भवती महिलालाई पनि कोभिड–१९ विरुद्धको खोप दिन नहुने वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा। पीआर पन्तको भनाइ छ। गर्भवतीको शरीर र पेटमा भएको शिशुलाईसमेत यो खोपले नकारात्मक असर गर्नसक्ने सम्भावना भएकाले उनीहरुलाई यो खोप दिन नहुने उनको तर्क छ।
सरकारले पहिलो चरणमा खोप लगाउनको सूचीमा यदी कोही स्वास्थ्यकर्मी नै यस्ताखाले बिरामी, गर्भवती, स्तनपान गराइरहेका महिलाहरुलाई ‘वेटिङ लिस्ट’मा राखेको छ। खोप सचिवालय सदस्य डा. श्यामराज उप्रेतीका अनुसार यस्ता व्यक्तिको नामावली खोप सूचीमा भए पनि उनीहरुलई केही समय पर्खाइमा राखेर अवस्था सामान्य भएपछि खोप दिइने छ।



लोकपाटी न्यूज

