निर्वाचन आयोगले हाम्रो पार्टी नै आधिकारिक भन्छ: श्रेष्ठ

Narayankaji_Shrestha
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपाले निर्वाचन आयोगले निर्णय दिन गरेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरेको छ। नेकपाले सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगले निर्णयमा ढिलाई गरेर आशंका पैदा नगर्न आग्रह गरेका छन्।

निर्वाचन आयोगले हिजो गरेको निर्णयको आधिकारिक जानकारी भएपछि पार्टीले औपचारिक निर्णय गर्ने बताए। उनले पत्रको प्रतिक्षा गरेको बताए। ‘प्रारम्भमै आयोगले सहि ढंगले निर्णय हुन्यो किन दिएन भन्ने हामीलाई लागेको छ। त्यसकारणले निर्वाचन आयोगले ढिलाई गर्नुपर्ने देखिँदैन। द्विविधा जनक स्थितिमा आफूलाई राखिरहनु पर्दैन्। त्यसकारण आशंकाको स्थिति पैदा गर्नुहुँदैन भन्ने हाम्रो धारणा हो,’ उनले भने।

त्यसपछि मात्रै पार्टीले औपचारिक धारणा सार्वजनिक गर्ने उनको भनाइ छ। निर्वाचन आयोगको आइतबार साँझ बसेको बैठकले कानुनी रुपमा नेकपा नफुटेको बताएको थियो। श्रेष्ठले दलको ऐनले स्पष्ट गरेको सन्दर्भमा प्रारम्भमै निर्वाचन आयोगले सही ढंगले निर्णय प्रक्रियामा जानु उपयुक्त हुने बताए। ‘त्यसो किन गरिएन भन्ने प्रश्चचाहिँ हाम्रो छ’, उनले भने।

उनले निर्वाचन आयोगले छिट्टै र कानुनसम्मत निर्णय गर्नुपर्छ भन्ने आफूहरुको धारणा भएको बताए। उनले आफूहरूकै पार्टीलाई निर्वाचन आयोगले मान्यता दिने दाबी पनि गरे। निर्वाचन आयोगले छिटो कानुनसम्मत निर्णय गर्नुपर्ने उनले बताए।