बागलुङ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिवन्धित नेकपाका दुईजना कार्यकर्तालाई प्रहरीले बागलुङबाट पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाग्लुङको टोलीले शनिबार उनीहरूलाई बागलुङ नगरपालिका–७ गैरागाउँबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका–३ का ५३ वर्षीय बाबुलाल शाक्य र पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ का कमानसिंह क्षेत्री रहेको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज

