प्रधानमन्त्रीले पुर्व जनमुक्ति सेना भेटेर भने-विगतको नेतृत्वजस्तो धोका हुदैन्!

लोकपाटी न्यूज

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमान्डरहरुलाई भेटैका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार उनीहरुसँग भेट गरेका हुन्। भेटमा उनले जनमुक्ति सेनाको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाको तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुरुपयोग गरेको आरोप लगाएका छन्।

आफूले जनमुक्ति सेनाको भावना र समस्या बुझेको बताउँदै समस्याको राजनीतिक रुपमा समाधान गर्ने आश्वासन दिएका छन्। उनले भने, ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ। नेतृत्वले तपाईहरूका भावनाको दुरूपयोग गर्‍यो। हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं। नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन।’

उनले नेकपाको प्रचण्ड-नेपाल समूहले समस्या समाधान नगर्ने बुझेरै आफूकहाँ आउने निर्णय गर्नु सही रहेको पनि बताए। उनले भने, ‘तपाईंले जुन तथ्य बुझेर यस्तो निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ।’