काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले मुलुकमा राजनीतिक अस्थिरता बढेको र यो समयमा निर्वाचन सम्भव नभएको बताएका छन्।
उनले अहिले निर्वाचनका लागि उपयुक्त समय नभएको बताएका बताए।
कञ्चनपुरको महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिन्हलगायतका कारणले निर्वाचन हुने सम्भावना नरहेकोे बताए।
निर्वाचनको सम्भावना कम भएकाले अहिले चुनाव हुन्छ भन्ने सपना पनि नभएको उनको भनाइ। ‘त्यसैले अहिले पहिलो प्राथमिकता संसद् पुनस्र्थापना हुनुपर्छ भन्ने हो,’ उनले भने, ‘अहिले मुलुक निर्वाचनमा जाने अवस्थामा रहेको छैन।’



लोकपाटी न्यूज

