ब्याज तिर्न बैंकबाट नयाँ ऋण पुसको अन्तिम दुई साता ऋण ८२ अर्बले बढ्यो

लोकपाटी न्यूज

काठमाडौं। बैंकहरुले ब्याज भुक्तानीका लागि नयाँ ऋण श्रृजना गरेको पुस मसान्तको तथ्यांकमा देखिएको छ। पुसको चौथो र पाँचौं साता बैंक ऋण ह्वात्तै बढेको छ। जबकी माघ लागेपछि ऋण घटेको छ। राष्ट्र बैंकले उपलब्ध गराएको तथ्यांक अनुसार, पुस मसान्तको तुलनामा माघ २ गते बैंक ऋण ८ अर्बले घटेको छ। तर पुस मसान्तअघि ऋणहरु ह्वात्तै बढेको छ।

अन्तिम साता ५८ अर्बले ऋण बढेको छ भने त्यसअघिको साता २४ अर्बले बढेको छ। पुस मसान्त मासिकका साथै त्रैमासिक साँवा(ब्याज उठाउने समय हो। कोभिडका कारण ऋणीले पैसा तिर्न सकिरहेका छैनन्। तर बैंकहरुले त्यही ऋणीलाई थप पैसा दिने र त्यो पैसाबाट ब्याज भुक्तानी गराउने गरेका छन्। यसले गर्दा बैंकहरुले नोक्सानी ब्यवस्थापन गर्नु पर्दैन भने आम्दानी पनि घट्दैन।

मसान्तमा बैंकहरुको ऋण ुएभरग्रिनिङु बढेको हो। २७ वाणिज्य बैंकको पुस मसान्तको तुलनामा माघ २ गते निक्षेप ३ अर्बले घटेको छ। पुसको अन्तिम साता २१ अर्बले निक्षेप बढेको थियो भने त्यसअघिको साता ५ अर्बले निक्षेप बढेको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्