माघ १३ मा काँग्रेस केन्द्रीय समिति बैठक

लोकपाटी न्यूज

काठमाडौं। काँग्रेस केन्द्रीय समिति बैठक माघ १३ गते बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलका अनुसार माघ ६ गते बस्ने भनिएको बैठक १३ गते बस्ने भएको हो।

सोमबार पौडलले एक विज्ञप्ति जारी गरी बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरेका छन्।