संसद पुनर्स्थापनाको माग प्रतिगमन हो : गृहमन्त्री थापा

Ram Bdr Thapa Badal
लोकपाटी न्यूज

धनकुटा। नेकपाका नेता एवं गृहमन्त्री रामबहादुर थापाले संसद् पुनर्स्थापना हुनु भनेको प्रतिगमन हुँदै राजसंस्था स्थापनातर्फ लाग्नु भएको बताएका छन्। पार्टीले धनकुटामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गृहमन्त्री थापाले अब चुनावका लागि सबै तयार हुनुपर्ने बताएका हुन्।

जनताको बीचमा संघीय गणतन्त्रको नारा लिएर जाने उल्लेख गर्दै संसद् पुनर्स्थापनाको नारा लिएर हिँड्नेहरु पश्चगामी भएको आरोप लगाए। कार्यक्रम स्थलमा जाने क्रममा नेविसंघका नेता कार्यकर्ताले मन्त्री थापालाई कालो झण्डा समेत देखाएका थिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्