विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आगामी माघ ११ गते विवाह गर्ने भएका छन्। ४९ वर्षीय मुख्यमन्त्री राईले आइतबार सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन्।
उमेरमा निकै ठूलो अन्तर रहेको ज्याङ्मु र मुख्यमन्त्री राईको प्रेम विवाह हुन लागेको उनको सचिवालयले जानकारी दियो। मुख्यमन्त्री राईको पुर्खौली घर भोजपुर हो भने जाङ्मु संखुवासभाकी हुन्। उनी हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका बाबु–आमा भने अमेरिकामा बस्दै आएका छन्।



लोकपाटी न्यूज

