बादलबाट मन्त्रीको अफर थियो, प्रतिगामी मन्त्री बन्दिनँ भन्दिएँ : पूर्वमन्त्री राई

Padam bahadur rai
लोकपाटी न्यूज

काठमाडौं। पूर्वराज्य मन्त्री एवं नेकपाका नेता पदम राईले आफूलाई गृहमन्त्री रामबहादुर थापा बादलबाट मन्त्रीको अफर आएको दावी गरेका छन्। राईले मन्त्री बनाउने आश्वासन आए पनि आफूले केपी ओली नेतृत्वको नेकपामा समावेश हुन नचाहेको बताए।

उनले भने, ‘हो, मलाई मन्त्रीसहित पार्टीमा रोजेको भूमिका दिने भनिएकै हो। तर, प्रतिगामी सरकारको मन्त्री पद र पार्टी दुबै म स्वीकार्न सक्दिनँ भनिदिएँ।’ राईले बादलसँग सहकार्य गर्न नसकिने बताए।

उनले भने, ‘बादलका व्यक्तिगत दुःख-सुखमा त साथ दिन सकिएला, तर उहाँजसरी नै प्रतिगमनको मतियारी गर्न सकिँदैन। हामी वैज्ञानिक समाजवादी यात्राको मोर्चामा लागेका मान्छेहरु पद र प्रतिष्ठामा लोभिदैनौँ।’

एक वर्षअघि विप्लव नेतृत्वको नेकपा परित्याग गरी राई सत्तारुढ नेकपामा प्रवेश गरेका थिए। २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भोजपुर क्षेत्र नं. १ बाट निर्वाचित भएका उनी त्यही कार्यकालमा राज्यमन्त्री भएका थिए।