दाङ। नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले शनिबार तुलसीपुरमा प्रशिक्षण तथा कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ। उक्त भेलालाई पूर्वसभामुख तथा स्थायी समिति सदस्य कृष्णबहादुर महराले सम्बोधन गर्ने छन्।
पार्टीले उनलाई पुनः स्थायी समिति सदस्यमा मनोनित गरेपछि महरा खुलेर पार्टीका गतिविधिमा सक्रिय हुन थालेका छन्। यसअघि उनले जिल्ला स्तरीय बैठकलाई सम्बोधन गरेका थिए। महराले शनिबार तुलसीपुरमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रेस संगठनका सदस्य पाण्डव शर्माले बताए।
उक्त भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता यहाँ आएका छन्। प्रतिनिधिसभा विघटनको घोषणा भएपछि नेकपा विभाजित भएको छ।



लोकपाटी न्यूज

