चितवन। नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले निर्वाचन आयोगले नेकपाको टुङ्गो नलगाएसम्म निर्वाचन हुन नसक्ने बताएका छन्।
शुक्रबार चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘निर्वाचन हुनका लागि नेकपा फुटेको आयोगले जानकारी गराएर चुनाव चिन्ह दिनुपर्छ।’ यही अवस्थामा अगामी वैशाखमा निर्वाचन हुने सम्भावना नरहेको उनको भनाइ थियो।
उनले भने, ‘अहिले कसैलाई काखा र कसैलाई पाखा गर्ने पक्षमा कांग्रेस छैन।’ कांग्रेसले स्वतन्त्ररुपमा आन्दोलन गर्ने र एक्लै गर्ने उनको भनाइ थियो।
फरक प्रसंगमा बोल्दै उनले अहिले कांग्रेस सरकारमा नजाने बताए। उनले भने, ‘सरकारले तीन वर्ष छ महिनासम्म केही गर्न सकेन। त्यसको अपजस लिन कांग्रेस सरकारमा जाँदैन।’



लोकपाटी न्यूज

