काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चाडपर्वले एकापसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भावसहितको एकतालाई अझ बलियो गरी स्थापित गर्ने विश्वास व्यक्त गरेका छन् ।
माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै खनालले भनेका छन्, ‘यस्ताखालका चाडपर्वले हाम्रा परम्परागत मौलिक संस्कृतिहरुको जगेर्ना गर्नेछ। साथै, एकापसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भावसहितको एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्नेछ भन्ने मलाई विश्वास लागेको छ।’
उनले विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघे संक्रान्ति एवं माघी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन्।
नेकपाका वरिष्ठ नेता खनालले संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि सबै एकजुट हुन पनि आग्रह गरेका छन्। उनले प्रतिगमनविरुद्ध एकजुट भई अगाडि बढ्न पार्टीपंक्ति र आम जनतालाई अनुरोध पनि गरेका छन्।



लोकपाटी न्यूज

