काठमाडौं। अमेरिकाका कार्यबाहक आन्तरिक सुरक्षा मन्त्री चाड वुल्फले राजीनामा दिएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनमा कार्यबाहक आन्तरिक सुरक्षा मन्त्री रहेका चाड वुल्फले राजीनामाको घोषणा गरेका हुन्।
संसद भवनमा भएको हिंसात्मक आक्रमणपछि उनले राजीनामा दिएका हुन्। राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनको शपथ ग्रहण (जनवरी २०) सम्म जिम्मेवारीमा रहने सोचेको भए पनि सोमबार मध्यरात (स्थानीय समय) देखि लागू हुने गरी राजीनामा दिने निर्णयमा पुगेको वुल्फले आफ्ना स्टाफलाई पठाएको पत्रमा उल्लेख गरिएको छ। उनी सन् २०१९ को नोभेम्बरदेखि कार्यबाहक आन्तरिक सुरक्षा मन्त्रीका रुपमा कार्यरत थिए।



लोकपाटी न्यूज

