काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभाग र केन्द्रीय अस्पतालका पाँचजना निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको छ।मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार निर्देशकहरुको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालय अनुसार कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको जिम्मेवारी दिइएको छ भने कान्ति बाल अस्पतालको निर्देशकमा डा. आरपी बिच्छालाई ल्याइएको छ।
यसैगरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बासुदेव पाण्डेलाई स्वास्थ्य मन्त्रालयमा तानिएको छ। यस्तै, स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाको प्रमुखको जिम्मेवारी डा. मदन उपाध्यायलाई तोकिएको छ।
यसअघि उक्त महाशाखाको जिम्मा डा. रमेश खरेललाई दिइएको थियो। हाल डा. खरेललाई विभागअन्तर्गत रहने गरी जिम्मेवारी तोकिएको छ।



लोकपाटी न्यूज

