काठमाडौं। नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधान राम्ररी पढ्न सुझाव दिएका छन्। प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा सम्बोधन गरिसकेपछिको प्रश्न सत्रका क्रममा उनले यस्तो सुझाव दिएका हुन्।
सांसद पन्थले भने, ‛प्रतिनिधिसभानै विघटन गरेपछि नहर भत्काएर खेती गर्न जा भने जस्तो भयो नि, मृत्युप्रयन्त आँखा दान गरेकालाई यो त मर्ने रहेछ भनेर ज्यान लिएर आँखा झिकिए जस्तै भयो,संविधान बाँचे निर्वाचनमा जाउँला, निर्वाचन त राजाले पनि गरेका थिए तर पहिले संविधान जोगाउनु पर्ने भएको छ। गेस पेपर पढेर भएन, अब संविधान नै पढ्नुहोला।’
उनले भारतले हडपेको भूमिसहितको नक्सा मात्रै छापेर सरकार चुप लागेर बसेको आरोप लगाए। उनले चुच्चे नक्सा छापेपछि भारतले हडपेको जमिन फिर्ता ल्याउन नसकेर प्रधानमन्त्रीले संसद विघटन गरिदिएको आरोप लगाए।



लोकपाटी न्यूज

