काठमाडौं। नेकपाका नेता अरुण नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले जबज छोडिसकेको बताएका छन्।चुनावका बेला ओलीले प्रधानमन्त्री पदसँग जनताको बहुदलीय जनवाद साटेको बताएका हुन्।
शुक्रबार बबरमहलमा नेकपाको पेशागत विशेष जिल्ला कमिटीको प्रशिक्षणमा बोल्दै नेता नेपालले आफूहरुले जनताको बहुदलीय जनवाद नछोडेको बताए।
उनले भने, ‘ओलीले अहिले पूर्वएमाले मिल्नुपर्छ भन्दैछन्। हिजो प्रधानमन्त्री पदसँग सबैथोक साट्ने, अनि अहिले पूर्वएमाले मिलौं भनेर हुन्छ ? अब त्यो भ्रममा कोही नपरौं।’
नेता नेपालले ओलीले कहिँ कतै जनताको कुरा, गरिबको कुरा नगरेको बताए। ओलीले रेलको कुरा, पानीजहाजको कुरा गरेका छन्, तर कहिँ कतै जनताको कुरा, गरिबको कुरा गरेका छैनन्, उनले भने।



लोकपाटी न्यूज

