बर्दिया। बर्दियाको राजापुर नगरपालिका १ मुर्गहवाघाटस्थित कर्णाली नदि किनारमा लुकाईछिपाई राखेको सिसौ जातको काठ बरामद गरिएको छ। सीमा ईलाकामा हुने अबैध चोरी, तस्करी र अपराध नियन्त्रणको लागि खटिएको सशस्त्र प्रहरीको गस्ति टोलीले उक्त काठ बिहीबार बरामद गरेको हो।
उक्त बरामद गरिएको सिसौ जातको ११ क्युफिट काठको मूल्य सोह्र हजार पाँच सय रहेको बताइएको छ। बरामद गरिएको काठ आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाईएको छ।
साथै प्याज, नुन, सुर्ती, चिनी तथा अवैध सामान ओसार-पसारमा संलग्न भे१.ह २७५९ नम्बरको अटोसहित अटोपाट्स गरी अन्दाजी तीन लाख एघार हजार एक सय साठी बराबरका सामानहरु भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको एसपी नर बहादुर रावतले बताए।



लोकपाटी न्यूज
