जाजरकोट। जाजरकोटमा खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाएर सरकारको विरोध गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले खानेपानीमन्त्री मणि थापालाई कालो झण्डा देखाएर सरकारको विरोध गरेको हो।
बुधबार जाजरकोटको भेरी नगरपालिका पुगेका मन्त्री थापालाई वडा ४ स्थित बोहरा भन्ने ठाउँमा विरोधस्वरुप कालो झण्डा देखाएका हुन्।
अनेरस्ववियुले मंगलबारदेखि सरकारविरुद्ध दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै मन्त्रीहरुलाई कालो झण्डा देखाउन थालेको अखिल नेता सुरेन्द्र बस्नेतले बताए।
प्रतिनिधि सभा विघटनपछि प्रचण्ड-माधव पक्षधर सडक संघर्षमा उत्रिएको छ। अखिलले पनि सडक संघर्षका कार्यक्रमस्वरुप मन्त्रीलाई कालो झण्डा देखाउन थालेको हो।



लोकपाटी न्यूज

