काठमाडौं। नेकपाको प्रचण्ड–माधव समूहले बुधबार विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको छ। संसद बिघटनकोे विरोधमा संघर्ष सुरु गरेको नेकपाको प्रचण्ड–माधव समूहले बुधबार विभिन्न पार्टीहरुसँग अन्तरक्रिया गर्ने भएको हो।
केन्द्रीय संघर्ष समितिकोआयोजनामा प्रमुख सवै राजनीतिक दलका शीर्ष नेताहरुसँग अन्तरक्रिया रािखएको संघर्ष समितिका सचिव डा. विजय पौडेलले बताए।
गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र निर्वाचनको घोषणा गरेकी थिइन्।
त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी लगायतका सबै दलहरु आन्दोलनमा उत्रिएका छन्। संसद विघटन असंवैधानिक तथा आलोकतान्त्रिक भन्दै संसद सुचारु नभएसम्म आन्दोलन जारी राख्ने जनाएका छन्।



लोकपाटी न्यूज

