मुलुकलाई संकटबाट जोगाउन संसद पुनस्थापना हुनैपर्छः पौडेल

Ramchandra_Poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पुनस्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका छन्।

जसपाले आयोजना गरेको अन्तरक्रियामा नेता पौडेलले मुलुकलाई राजनीतिक संकटबाट जोगाउन प्रतिनिधिसभा पुनस्थापना गर्नेमा सर्वोच्च अदालतप्रति भरोसा रहेको स्पष्ट पारे।

उनले सर्वोच्च अदालतले संविधानको अक्षरसँगै त्यसको भावनालाई ख्याल गरेर फैसला गर्ने विश्वास व्यक्त गरे। वरिष्ठ नेता पौडेलले भने, ‘अदालतप्रति पूर्ण विश्वास छ, सम्मान छ र त्यहाँका न्यायमूर्तिहरूले प्रतिनिधिसभा पुनस्थापना गर्नेमा पूर्ण भरोसा छ।’

उनले विशेष अधिकार मान्दै प्रतिनिधिसभा विघटन गर्ने अधिकार प्रधानमन्त्री केपी शर्मा ओलीलाई नभएको जिकिर गरे। प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै उनले त्यसले लोकतन्त्रमाथि प्रहार भएको बताए।

यससँगै उनले प्रतिनिधिसभा विघटनविरुद्ध प्रदेश, स्थानीय तह र स्थानीय तहको वडा तहसम्मै प्रदर्शन र विरोध सभाको कार्यक्रम कांग्रेसले सार्वजनिक गरिसकेको बताए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्