नेकपाको आधिकारिकता र चुनाव चिन्ह हामीसँगै छ : नारायणकाजी श्रेष्ठ

Narayankaji-Shrestha
लोकपाटी न्यूज

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको आधाकारिता र चुनाव चिन्ह आफूहरुसँगै रहेको बताएका छन्। तत्कालिन पार्टीको बहुमत सदस्य भएको पार्टी मुख्य पार्टी भएको उनले बताए।

प्रधानमन्त्री केपी शर्मा ओली प्रतिगमनको बाटो हिँड्न खोजेको आरोप लगाए। उनले अहिले पार्टीभित्र रहेको अन्तरसंघर्ष अग्रगमन र प्रतिगमनबीचको भएको बताएका हुन्।

मंगलबार राजधानीमा नेकपा बिटमा रिर्पोटिङ गर्ने सञ्चारकर्मीहरुसँगको छलफलमा प्रवक्ता श्रेष्ठले संविधान अनुसार संसद सुचारू हुने जिकीर गरे।

सरकार बन्न नसक्ने अवस्थामा मात्रै अर्को चुनावमा जान सकिने भन्दै उनले अहिले प्रधानमन्त्रीले सत्ताको दुरुपयोग गर्दै संवैधानिक निकायमाथि हस्तक्षेप बढाउन खोजेको बताए।