काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमले राष्ट्रियता कमजोर भएको बताएका छन्।
नेता यादवले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक कार्य भएकोले यसको खारेजीको माग गरेका छन्।
आज जसपाले प्रधानमन्त्रीको कदममाथि अन्तक्र्रिया कार्यक्रम राखेको थियो। प्रधानमन्त्रीको कदमले थप अस्थिरता निम्त्याएको उनले बताए।



लोकपाटी न्यूज

