अप्रिलियाको स्कुटर एसएक्सआर १६० को नेपालमा प्रि–बुकिङ खुला

लोकपाटी न्यूज

केही दिन पहिले भारतीय बजारमा लन्च भएको अप्रिलियाको नयाँ स्कुटर एसएक्सआर १६० को प्रि–बुकिङ खुलेको छ । नेपालका लागि अप्रिलियाको आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्सले सो स्कुटरको प्रि–बुकिङ खुला गरिएको बताएको छ । सो स्कुटर नेपाली बजारमा एक महिना भित्रै उपलब्ध हुने बताइएको छ । यसको मूल्य ४ लाख ९ हजार ९ सय रुपैयाँ हुने कम्पनी स्रोतले बताएको छ । सो स्कुटर ग्लोसी रेड, ग्लोसी ह्वाइट, मेट ब्ल्याक र मेट ब्लु गरी चार कलर अप्सनमा उपलब्ध हुनेछ ।

अप्रिलियाको सो म्याक्सी स्कुटर नेपाली बजारका लागि नयाँ प्रविधि सहितको हुनेछ । यसमा एफआई अर्थात फ्युल इन्जेक्सन र एबीएस अर्थात एन्टी लक ब्रेकिङ सिस्टम हुनेछ भने यो बीएस६ मापदण्डमा आधारित इन्जिन सहितको हुनेछ । जसले ७१०० आरपीएममा ११ पीएसको पावर जेनेरेट गर्छ । सो स्कुटरमा डिस्क ब्रेक र एडजस्टेबल रियर सस्पेन्सन पनि रहेको छ । साथै आरामदायक यात्राको लागि इर्गोनोमिक्स पनि रहेको छ ।

एरोडाइनामिक डिजाइन, फराकिला सुविधाजनक सिट, एलईडी प्रविधिसहितका क्रिस्टल हेडलाइट, एड्जस्टेबल मोनोसक एब्जर्बर आदि सुविधा भएको यो स्कुटरमा ७ लिटरको इन्धन ट्यांकी छ । अप्रिलिया १६० मा सिगंल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले ११ पीएस पावर तथा ११.२ एनएम टर्क जेनेरेट गर्छ । यसमा सीटीभी गियरबक्स जडान गरिएको छ । यसको फ्रन्टमा टेलिस्कोपीक फर्क र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । यसमा १२ इन्चको अलोय ह्वील दिइएको छ भने, दुबैतर्फ डिस्क ब्रेक रहेको छ । यसमा सिंगल च्यानल एबीएस सुविधा उपलब्ध रहेको छ ।

त्यस्तै यसमा फुल डिजिटल इन्स्टुमेन्ट कन्सोल, अप्सनल स्मार्टफोन कनेक्टिभिटी, यूएसबी चार्जिङ पोर्ट एलइडी हेडल्याम्प, एलइडी डिआरएल, एलइडि टेलल्याम्प जस्ता फिचर रहेको छ ।