काठमाडौं। ट्रेड युनियन महासंघको कार्यकारिणी अध्यक्षमा अँटूफ अध्यक्ष जगत सिम्खडालाई चयन गरेको छ। अँटूफको राष्ट्रिय भेलाले सिम्खडालाई सर्वसम्मतिमा ट्रेड युनियन महासंघको अध्यक्षमा चयन गरेको हो।
अँटूफको राष्ट्रिय भेलाले दर्जनौं प्रस्तावहरूलाई पनि अनुमोदन गरिएका थिए। भेला अघि आजै सचिवालयको विस्तारित बैठक पनि बसेको थियो। पार्टी नेताहरूले वर्तमान अवस्थामा ट्रेड युनियन महासंघले निर्धक्कसित खेल्नुपर्ने भूमिका र कर्तव्यका बारेमा प्रकाश पारेका थिए।
भेलालाई नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, स्थायी समिति सदस्य द्वय सुरेन्द्र पाण्डे र जनार्दन शर्माले सम्बोधन गरेका थिए।



लोकपाटी न्यूज