वीरगञ्ज। नेकपा प्रचण्ड-माधव समूहको वडा स्तरीय अगुवा कार्यकर्ता भेला सोमबार वीरगञ्जमा सम्पन्न भएको छ।वीरगञ्ज महानगरपालिकाको वडा नम्बर ११, १२, १३ र १४ को वडा स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो।
मुर्ली बगैंचामा सम्पन्न नेकपा प्रचण्ड माधव समूहको भेलामा प्रधानमन्त्री केपी ओलीको प्रतिमनकारी कदमको सशक्त विरोध गर्न सबै वडाबाट एकजुट भएर शक्ति सञ्चय गर्नुपर्ने कार्यकर्ताहरुलाई निर्देशन गरिएको छ।
भेलामा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एवं वीरगञ्ज महानगरपालिकाका इचार्ज दिनेश राईले आफ्नै पार्टीको प्रधामन्त्रीले चालको गलत कदमको विरोध गर्नुपर्दा दुःख लागेको बताउदै जनताको सार्वभौमसक्तालाई शक्तिको दम्भमा असंवैधानिक रुपमा संसद विघटन गरेर जनतालाई धोका दिएको बताए।
उनले कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु नीति र सिद्धान्तमा अनुशासित हुने भएकोले पनि अराजक समूह केपी ओलीको पक्षमा लागेको बताए।
भेलामा नेकपा प्रदेश कमिटि सदस्य बालगोपाल थापा, महानगर अध्यक्ष रहबर अन्सारी, जिल्ला समिति सदस्य बिचारी यादव, युवा अरबिन्द सिंह, जिल्ला समिति सदस्य एवं कार्यालय सचिव गंगा खड्का, जिल्ला समिति सदस्य शम्भु गुप्ता, कमल बहादुर पिठाकोटे मगर, डाक्टर हसिबु रहमान अन्सारी, श्रीमती रुही अख्तर लगायतको उपस्थिति रहेको थियो। यसैबीच वडा नम्बर १८, २०, २२, २३ र २४ को पनि वडा भेला सोमबार नै सम्पन्न भएको छ। वीरगञ्ज महागनगर पालिका वडा नम्बर २४ को हरपतगंजमा भेला सम्पन्न भएको हो।



लोकपाटी न्यूज

