काठमाडौं। सेयर बजारमा सोमबार करिब ६ अर्बको कारोबार हुँदा नेप्से परिसूचक ६.२६ अंकले ओरालो लागेको छ ।
लगानीकर्ताले प्रोफिट बुक गर्न खोज्दा सेयर बजार ओरोलो लागेको हो । सोमबार कारोबार खुल्नासाथ २२ सय १६ बिन्दुसम्म नेप्से परिसूचक बढेपनि बजारमा देखिएको बिक्रीको दवावले नेप्से परिसूचक बढ्न सकेन। जसले गर्दा बजार बन्द हुँदा परिसूचक ६.३६ अंकले ओरालो लाग्यो।
वाणिज्य बैंक,जीवन बीमा र उत्पादन मुलक कम्पनीको सेयर ओरालो लाग्दा नेप्से परिसूचक घट्न पुग्यो।
यद्यपी सोमबार करिब ६ अर्बको सेयर कारोबार भएको हुँदा सेयर बजारले बुलिसलाई समात्नसक्ने देखिन्छ।
सोमबार २०२ कम्पनीको सेयर किनबेच भएको छ। सोमबार सबैभन्दा बढी कमाउनेमा जानकी फाइनान्सका लगानीकर्ता रहेका छन्। यस्तै किसान लघुवित्त,नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि सोमबार कमाउनेमा परेका छन्।
गुमाउनेमा नेशनल माइक्रोफाइनान्स,नेपाल फाइनान्स र एभरेष्ट बैंकका लगानीकर्ता छन्।
सोमबार सबैभन्दा बढी नेपाल पुर्नबीमा,नेपाल लाइफ तथा नेपाल टेलिकमको सेयर कारोबार भएको छ ।



लोकपाटी न्यूज

