बर्दिया। बर्दिया जिल्लाका विभिन्न नाकाबाट अवैध सामान बरामद गरिएको छ। आइतबार सशस्त्र प्रहरी बल नेपालको सक्रियतामा बर्दिया जिल्लाका विभिन्न नाकाहरुबाट अबैध रुपमा नेपाल भित्र्याउदै गरेका सामान बरामद गरिएको हो।
चौपाया (खच्चर)¸ किराना सामान तथा लागूऔषध (कोरेक्स) सिसि थान-४० गरी सतासी हजार दुई सय नब्ब बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।
उक्त सामान आवश्यक कार्बाहीको लागि सम्बन्धित कार्यालयमा बुझाएको छ। साथै प्याज, नुन र सुर्ति भन्सार कार्यालय बुझाउने प्रकृयामा रहेको छ।


लोकपाटी न्यूज
