उदयराज भण्डारी (अतित)/ स्याङ्जा, १९ पुस। स्याङ्जाको गल्याङ नगरपालिका अन्तर्गतका अति विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ। हेम एण्ड माया फाउण्डेसन नेपाल अमेरिकाले पठाएको न्यानो कपडा आज हाम्रो साथ नेपाल संस्थामा आवद्ध चलचित्र अमूल्य प्रेमको समुहले वितरण गरेको हो।
गल्याङ नगरपालिका वडा नम्बर २ अन्तर्गत शारिरिक असक्त भएका दुई विपन्न परिवार र वडा नम्बर ११ अन्तर्गतक एक अति विपन्न परिवार र एक पहिरोले वस्ती विस्थापित भएका अति विपन्नलाई न्यानो कपडा वितरण गरिएको हो।
न्यानो कपडा वितरण गर्दै हाम्रो साथ नेपाल स्याङ्जाका संयोजक नारायण विश्वकर्माले हेम एण्ड माया फाण्डेसनले देशका विभिन्न स्थानमा रहेका असाहय र असक्तहरुको पक्षमा रचनात्मक काम गर्दै आएको बताए।
उनले सहयोगका लागि पहल गरिदिनुहुने फाउण्डेसन गण्डकी प्रदेश संयोजक मैना रेग्मी हित सम्पुर्णलाई धन्यवाद दिए। विश्वकर्माले देश तथा विदेशमा क्रियशिल विभिन्न संस्थाहरुसंग सहकार्य गर्दै जिल्लामा रहेका विपन्न परिवारको पक्षमा, कला र संगितको क्षेत्रमा हाम्रो साथ नेपालले काम गर्ने बताए।
न्यानो कपडा वितरण कार्यक्रममा चलचित्र अमूल्य प्रेमका कथा/निर्देशक तारा कुमार परियार, चलचित्र निर्माण समितिका प्रवक्ता उदय अतित, कलाकार किसान विश्वकर्मा लगाएतको सहभागीता थियो।



लोकपाटी न्यूज
