पत्नी सीताको उपचार गर्न भारत जाने तयारीमा प्रचण्ड

Prachanda New photo
लोकपाटी न्यूज

काठमाडौं। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमबार पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई जाने भएका छन्।

आइतबार पेरिसडाँडामा बसेको नेकपा (दाहाल-नेपाल) स्थायी समिति बैठकमा प्रचण्डले पत्नी सीताको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका हुन्।

मुम्बई जाने भएपछि आफू भोलिको बैठकमा उपस्थित हुन नसक्ने प्रचण्डले बताएको एक स्थायी समिति सदस्यले बताए। सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन्। स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको हो।

यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो। पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्