राजेन्द्र बिक/ बाजुरा, १९पुस। बाजुराको बुढीगंगा नगरपालिका र बडिमालिका नगरपालिकामा एकैदिन २ जनाको भिरबाट लडेर मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही बुढिगंगा नगरपालिका ३ का अन्दाजी ४० वर्षीया सौरे नेपाली र बडिमालिका नगरपालिका वडा न ६ कोर्धका धन बहादुर खड्का रहेका छन्।
खड्काको घर नजिकै रहेको मेलामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।प्रहरीका अनुसार सौरे नेपालीको भने मावली घर नडाङ्गबाट घर जाने क्रममा शुक्रबार राति पानीमुलको खोलाको कुलोबाट लडेर मृत्यु भएको बताइएको छ। मृतक नेपालीको पोष्ट मार्टमका लागि शनिबार नै जिल्ला अस्पताल बाजुरामा शव ल्याइएको प्रहरीले जनाएको छ।



लोकपाटी न्यूज
