काठमाडौं। पेरिसडाँडामा नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक जारी छ। स्थायी समिति सदस्य डा. बेदुराम भुसालका अनुसार पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक जारी छ।
स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको हो। जारी स्थायी समिति बैठकमा संसद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने बताइएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटनको घोषणा गरेकी थिइन्। त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलन गर्दै आइरहेका छन्।
नेकपा प्रचण्ड- माधव पक्षले शनिबार मात्रै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संसद पुर्नस्थापना नभएसम्म आन्दोलन जारी राख्ने जनाएको छ।



लोकपाटी न्यूज

