ओली प्रधानमन्त्री पदमा रहन अयोग्य छन् : रामचन्द्र पौडेल

Ramchandra-Poudel
लोकपाटी न्यूज

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली पदमा रहन योग्य नरहेको बताएका छन्।

प्रतिनिधि सभालाई कुहिएको छानो भन्ने केपी ओलीको अभिव्यक्ती तानाशाही प्रवृत्तिको प्रमाण रहेको भन्दै पौडेलले ओली प्रधानमन्त्रीको कुर्सीमा बस्न योग्न नरहेको तर्क गरेका हुन्।

सामाजिक सञ्जालमा एक सन्देश सम्प्रेषण गर्दै नेता पौडेलले संविधानमा हुँदै नभएको विशेषाधिकारको गुड्डी हाँक्ने प्रधानमन्त्री केपी ओलीलाई तानाशाहीको संज्ञा दिए।

हिजो दिउँसो प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यकर्ता भेलालाई संवोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई कुहिएको छानोसँग तुलना गरेका थिए।