लहान। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गिरिराजमणि पोखरेलले संघीयता रक्षाका लागि आन्दोलनमा जानुपरेको बताएका छन्।
सिरहामा आइतबार सञ्चारकर्मीसँगको भेटमा उनले प्रतिनिधिसभा विघटनबाट मुलुकमा अस्थिरता र संघीयता समाप्त हुने अवस्थामा पुगेका आरोप लगाए। संसद् विघटन गर्ने कार्यको विरुद्धमा आफूहरु मन्त्री पदबाट राजीनामा दिइ सडकमा आएको उनको भनाइ थियो।
संविधानमा संसद विघटन गर्न सक्ने अवस्था नभएपनि ओलीले जबरजस्ती असंवैधानिक र अवैध कदम चालेको उनले बताए। यसअघि पनि पोखरेलले प्रधानमन्त्री ओलीको प्रतिगमनकारी कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा रहेको टिप्पाणी गरेका थिए।
‘संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र डेन्जर जोनमा छ, ओलीको एकल सर्वसत्तावाद मानसिकताका कारण संविधानको पतन त हुने होइन भने हामीमा डर छ, हामीले विगतमा विभिन्न संघर्ष र लोकतान्त्रिक आन्दोबाट स्थापित संघीयता र समानुपातिक, धर्मनिरपेक्षता धरापमा परेको छ,’ पोखरेलले भनेका थिए।



लोकपाटी न्यूज

