लघु, घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा गौतम

n
लोकपाटी न्यूज

रमेश भुसाल/ पश्चिम नवलपरासी १९ पुस। लघु, घरेलु तथा साना उद्योग महासंघ पश्चिम नवलपरासीको १६ औँ वार्षिक साधारणसभा तथा नवौँ जिल्ला अधिवेशन सम्पन्न भएको छ।

साधारणसभा तथा अधिवेशनको नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपाल केन्द्रीय कार्यबाहक अध्यक्ष उमेश प्रसाद सिंहले उद्घाटन गर्दैै महासंघको निरन्तर पहलले सरकारले बनाएका नीति तथा कार्यक्रम लघु तथा साना उद्यमीहरुको पक्षमा बन्न सफल भएको बताए।

साना लघु घरेलु उद्योगहरु नफस्टाएसम्म देश सम्वृद्ध बन्न नसक्नेमा जोड दिँदै कोभिडको महामारीमा लघु घरेलु तथा साना उद्योग र उद्योगीहरुलाई नेपाल सरकारले बल्ल चिनेको उनको भनाइ थियो। सम्पन्न अधिवेशनबाट मेघराज गौतमको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति चयन भएको छ भने निशा पराजुलीको अध्यक्षतामा १७ सदस्यीय महिला उद्यमी समिति चयन भएको निर्वाचन मण्डलका संयोजक एवं महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष उमानाथ पोखरेलले जानकारी दिए।

उनका अनुसार नवगठित समितिको वरिष्ठ उपाध्यक्षमा राजकुमार रेश्मी, उपाध्यक्षमा कृष्णप्रसाद उपाध्याय, सचिवमा राजनकुमार आचार्य, कोषाध्यक्षमा तेजप्रसाद भण्डारी रहनुभएको छ भने जिल्ला सदस्यहरुमा धनप्रसाद तिवारी, हिमलाल चापागाई(दीलिप), मुरली गौतम, रामदयाल तेली ,खगेश्वर भुसाल, मन्जु खत्री, देवेन्द्र चौधरी, किशुन चौधरी, राधिका पराजुली, अमेरिका थरुनी, प्रविन अमात्य लगायत २५ सदस्यीय जिल्ला कार्य समिति चयन भएको हो।

यस्तै महिला उद्यमी समितिको जिल्ला अध्यक्षमा निशा पराजुली, उपाध्यक्षमा सीता तिमिल्सिना, सदस्यमा राधा भुसाल, गितादेवी चौधरी, विष्णुमाया राना, सृजना कर्माचार्य लगायत १७ सदस्यीय जिल्ला समिति चयन भएक छन्। यसैगरी महासंघको केन्द्रीय प्रतिनिधिमा लक्ष्मी क्षेत्री, तारा आचार्य, बुद्धिमाया सुनार, प्रदेश प्रतिनिधिमा उमानाथ पोखरेल, महिला उद्यमी समितिको प्रदेश प्रतिनिधिमा विनिता पोखरेल चयन भएका छन्।

महांघका जिल्ला अध्यक्ष गौतम र महिला उद्यमी समितिकी जिल्ला अध्यक्ष तारा आचार्यको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवशंकर राय, महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्र पाठक, प्रदेश उपाध्यक्ष उमानाथ पोखरेल, केन्द्रीय सदस्य प्रदीप उदय, प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसाल, महिला उद्यमी समिति लुम्बिनी प्रदेश अध्यक्ष शान्ति शर्मा, पत्रकार महासंघ नवलपरासीका अध्यक्ष हरि शर्मा,महासंघ रामग्राम नगर अध्यक्ष मुक्ति पौडेल, सुनवल नगर अध्यक्ष प्रेम भुसाल, बर्दघाट नगर अध्यक्ष राजु दिस्वा, सुस्ता अध्यक्ष चिरञ्जिवी न्यौपाने, उद्यमी देवेन्द्र चौधरी लगायतले शुभकामना व्यक्त गरेका थिए। सोहि अवसरमा उद्यमीहरुलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्